post-slider post-slider

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए। उनी मेडिकल कलेज सञ्चालक पनि हुन्।

उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन्।

Tags: