post-slider post-slider

ड्रोन हमलामा तीन अमेरिकी सैनिकको मृत्यु, इरानमाथि शंका

Image
A A

काठमाडौं- जोर्डनस्थित अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ।

सिरिया सीमानानजिकै रहेको शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको हो।

अमेरिकाले ‘इरानबाट समर्थनप्राप्त लडाकु समूहहरूले’ आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिशोध लिने चेतावनी दिएका छन्। ‘हामीले यसको प्रतिक्रिया दिनेछौं,’ उनले भने।

यो घटनामा दर्जनौं सैनिक घाइते भएका छन्।

हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि यो क्षेत्रमा हवाइ आक्रमणमा परेर अमेरिकी सैनिकहरूको मृत्यु भएको पहिलोपटक हो।

यस क्षेत्रका अन्य अमेरिकी शिविरमा आक्रमण भएको भए पनि आइतबार अघिसम्म मानवीय क्षति नभएको अमेरिकी सेनाले जनाएको छ।

इस्लामिक रेजिस्टन्स इन इराक नामक समूहले यो आक्रमण आफूले गराएको दाबी गरेको छ।

यो समूह सन् २०२३ को अन्त्यतिर देखा परेको हो। यो इरानसँग सम्बन्ध भएका र इराकमा सक्रिय लडाकु समूहहरूको छाता संगठन हो।

यसअघि अमेरिकी सैनिकहरूलाई लक्षित गरी गरिएका अरू तीनवटा आक्रमणमा पनि आफू संलग्न भएको दाबी यो समूहले गरेको थियो।

 

Tags: