post-slider post-slider

नेपालमा १८ प्रतिशत बालबालिका खोपबाट बञ्चित

Image
A A

काठमाडौं । नेपालमा कोभिड १९ का कारण  १२ देखि २३ महिना उमेर समूहका १८ प्रतिशत खोपहरु छुटेको वा ढिलाइ भएको अध्ययनले देखाएको छ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार कोभिड १९ का कारण  १२ देखि २३ महिना उमेर समूहका १८ प्रतिशत बालबालिकाले खोप छुटेको वा ढिलाइ भएको छ । तिमध्ये  ४ प्रतिशत बालबालिकाहरुले खोप पाएका छैनन् । 

नेपालमा १२ देखि २३ महिना उमेर समूहका ८० प्रतिशत बालबालिकाहरुले सबै खोपहरू बीसिजी र दादुरा रुबेलाको एक एक डोज तथा पोलियो खोप र डिपिटी युक्त खोपको तीन तीन मात्रा गरी आधारभूत रोग विरुद्धको पूर्ण खोप लगाएका छन् । 

आधारभूत खोप कभरेज २०११ मा ८७ प्रतिशत थियो भने २०१६ मा ७८ प्रतिशतमा घटेको थियो । 

खोपको कभरेज 

देशभर ५२ प्रतिशतले बालबालिकाले मात्र पुर्ण खोप लिएका छन्। प्रदेश अनुसार, राष्ट्रिय तालिका अनुसार खोप कभरेज मधेश प्रदेशमा ४२ प्रतिशत छ भने गण्डकी प्रदेशमा ७९ प्रतिशत छ। त्यस्तै प्रदेश अनुसार खोपको कभरेज   बागमती प्रदेशमा ६० प्रतिशत, कर्णाली प्रदेशमा ५९ प्रतिशत, लुम्बिनी प्रदेशमा ५८ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५४ प्रतिशत र कोशी प्रदेशमा ४५ प्रतिशत देखिएको छ । 

राष्ट्रिय खोप तालिका अनुसार खोप कभरेज बसोबासको आधारमा धेरै फरक पाईएको छैन। शहरी क्षेत्रमा ५३ प्रतिशत को तुलना ग्रामीण क्षेत्रमा ५१ प्रतिशत खोप कभरेज देखिएको छ। तर, भौगोलिक क्षेत्र अनुसार फरक पाईएको छ । तराई क्षेत्रमा ४८ प्रतिशत बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप लगाइएको छ। पहाडी क्षेत्रमा ५९ प्रतिशत र हिमाली क्षेत्रमा ६० प्रतिशत बालबालिकाहरुलाई खोप लगाइएको छ । 

नेपाली राष्ट्रिय नियमित खोप तालिका अनुसार पूर्ण खोप लगाउन, १२ देखि २३ महिना उमेरका बालबालिकालाई आधारभूत खोप लगाउनु पर्छ । जसमा एफ.आई.पी.भी. खोपको दुई मात्रा, न्यूमोकोकल खोपको तीन मात्रा, रोटाभाइरस खोपको दुई मात्रा, र जापानी इन्सेफलाइटिस खोपको एक मात्रा पर्दछ। नेपालमा १२ देखि २३ महिना उमेर समूहका ५२ प्रतिशत बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप लगाइएको छ।

Tags: