post-slider post-slider

७२ लाख नगदसहित दुई जना हुण्डी कारोबारी पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले काठमाडौंबाट दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२४ न्युरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भीमसेन विश्‍वकर्मा र २९ वर्षीय खेमराज विश्‍वकर्मा रहेका छन्।

उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। यस्तो कारोबार बैंक तथा वित्तीय ऐन विपरीत हुने हुनाले गैरकानुनी मानिन्छ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको रजौरेले बताए।

Tags: