post-slider post-slider

देशभरको तापक्रम बृद्धि, जनजीवन प्रभावित

Image
A A

काठमाडौं- देशभरको अधिकतम् तापक्रम बृद्धि भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी चक्र निष्कृय बन्दा तापक्रम बृद्धि भएको हो।

जसका कारण तराईका जिल्लाहरूमा अत्यधिक गर्मी भइरहेको छ।

शनिबार जनकपुरमा ३७.४ र सिमरामा ३७.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

यस्तै, धनगढीमा ३६.९ नेपालगञ्जमा ३६.८ डिग्री तापक्रम मापन गरिएको थियो।

यस्तै, नेपालगञ्ज र विराटनगरमा ३६ डिग्री तापक्रम मापन गरिएको छ।

काठमाडौंमा ३१.९, धनकुटामा ३३.४ डिग्री तापक्रम मापन गरिएको विभागले जनाएको छ।

गर्मीका कारण जनजीवन प्रभावित भएको छ। आइतबार  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति देशभर साधारणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ।

Tags: