post-slider post-slider

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई १० वर्षको जेल सजाय

Image
A A

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

राज्यका गोप्य कुरा चुहाएको अभियोगमा इमरानलाई १० वर्षको जेल सजाय सुनाइएको हो।

पाकिस्तानको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमुद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल साजय तोकेको छ।

योे मुद्दा वासिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्ताबेजसँग सम्बन्धित छ। ती दस्ताबेजहरु आदानप्रदान हुँदा इमरान पाकिस्तानका प्रधानमन्त्री थिए।

उनले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षडयन्त्र भएको दाबी गरेका थिए।

प्रधानमन्त्रीका रुपमा विपक्षीहरुले अपदस्थ गरेका इमरानले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएपछि तीन वर्षका लागि जेल सजाय भोगिरहेका छन्।

उनले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गरेका छन्।

गोप्य ऐनअन्तर्गतको सजाय आम चुनावको एक हप्ताअघि आएको छ। फैसलामा इमरानलाई उम्मेदवार हुन निषेध गरिएको छ।

इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री कुरैशीलाई पनि विशेष अदालतले १० वर्षको जेल साजय सुनाएको छ।

इमरानलाई अगस्तदेखि हिरासतमा राखिएको जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि यस मुद्दाको सुनुवाइ भइरहेको थियो।

 

Tags: