post-slider post-slider

प्रधानमन्त्रीको राजीनामा माग्दै राजधानीमा नेविसंघको मार्चपास

Image
A A

काठमाडौं- सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरूद्ध मार्चपास गरेको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘राज्य आतंक’ मचाएको भन्दै नेविसंघले शुक्रबार राजधानीमा मार्चपास गरेको हो।

नेविसंघ केन्द्रीय समितिको आह्वानमा भएको मार्चपास अनामनगरबाट सुरू भएर बालुवाटारतर्फ गएको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए।

उनले सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेका कारण मार्चपास गरिएको बताए।

रोजगारी मागेका युवालाई सरकारले गोली हान्ने काम गरेकाले आफूहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेको उनको भनाइ छ।

‘भ्रष्टाचार प्रकरणमा जोडिएकालाई कारबाही नगरी आफूनिकट मान्छेको नाम आउँदा सरकार मौन बसकेको छ, हामीले खबरदारी गरेका हौं। रोजगारी माग्ने युवकलाई गोली हान्ने काम भएको छ। त्यसैले हामीले प्रधानमन्त्रीको राजीनामा मागेका हौं,’ उनले भने।

सरकारविरूद्ध मार्चपास गरेका नेविसंघ संस्थापनइतर समूहनिकट हुन्।

 

Tags: