post-slider post-slider

भारतको संगम विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूसँग कांग्रेस नेता निधिको संवाद

Image
A A

काठमाडौं- भारतको राजस्थान भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्र विमलेन्द्र निधिले त्यहाँ अध्ययनरत छात्रछात्रासँग संवाद गरेका छन्।

नेता निधिले राजस्थानको भीलवाडास्थित संगम विश्वविद्यालयमा अध्ययनरत छात्रछात्राहरूसँग संवाद गरेर अध्यन अध्यापनबारे जानकारी लिएका हुन्।

भेटका क्रममा त्यहाँ अध्ययनरत छात्रछात्रालाई बधाइ दिँदै उनले अध्ययनबाट प्राप्त ज्ञानलाई देश र देशवासीको सेवामा प्रयोग गर्न सुझाव दिए।

निधिले भविष्यमा नेपाल–भारतको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

संगम विश्वविद्यालयमा डिप्लोमा, हेल्थ एसिसटेन्ट, इन्जिनियरिङ, फर्मालगायतका संकायमा सयभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।

त्यस अवसरमा नेता निधिले विश्वविद्यालयका व्यवस्थापन प्रमुख एवं सबै संकायका डीनसँग भेटवार्ता गरेका थिए।

निधिलाई संगम इन्डिया लिमिटेडका कार्यकारी निर्देशक डा.एसएन मोदानी, कुलपति प्राध्यापक करुणेश सक्सेना, रजिस्ट्रार प्राध्यापक राजीव मेहतालगायतले स्वागत गरेका थिए।

विश्वविद्यालयका निर्देशक डा.एसएन मोदानीले संगम विश्वविद्यालयको २० वर्षे उपलब्धिबारे जानकारी गराएका थिए।

त्यस्तै कुलपति सक्सेनाले विश्वविद्यालयको गतिविधि एवं अध्ययनरत नेपाली विद्यार्थीहरूबारे जानकारी गराएका थिए।

 

 

Tags: