post-slider post-slider

माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिको एजेन्डा तय गरिने

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा मा बस्नेछ।

साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो।

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको हो।

Tags: