post-slider post-slider

दोलखामा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता, तीन जना घाइतेको उद्धार

Image
A A

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। घाइने तीन जनाको उद्धार गरिएको छ।

बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए। पहिरोले तीन घर पुरिएको शेर्पाको भनाइ छ। पहिरोले बस्तीका धेरै घर जोखिममा परेको र टेलिफोन सम्पर्क पनि हुन नसकेको उनले बताए। अहिले आफू घटनास्थलतर्फ गइरहेको उनको भनाइ छ।

यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ। १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए।

दुर्गम भेग भएकाले पहिराले गरेको क्षतिको विवरण आउन बाँकी छ । स्थानीय घट्टे खोलामा आएको बाढीले उक्त गाउँ पुग्ने झोलुङ्गे पुल पनि बगाएपछि उद्वारमा कठिनाइ भएको छ। घटनास्थलमा उद्वारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

Tags: