post-slider post-slider

एकीकृत समाजवादीका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्ष एमालेमा प्रवेश

Image
A A

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य एवंं दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरू पुनः एमालेमा प्रवेश गरेका छन्।

‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत बिहीबार गोठलापानीमा भएको आमसभामा उनीहरू एमाले प्रवेश गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विष्टसहित एकीकृत समाजवादीका बैतडी अध्यक्ष महादेव भट्ट, नेपाली कांग्रेसका महासमिति सदस्य सरस्वती कोलीलगायतका नेतालाई पार्टीमा स्वागत गरे।

एमालेले बिहीबारदेखि ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को सुरूवात गरेको छ।

 

Tags: