post-slider post-slider

‘संक्रमणकाल देखाएर जिम्मेवारीबाट भाग्ने छुट कसैलाई छैन’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन्।

शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेस मुख्यमन्त्री बैठकको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले तीन तहमा भएका निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गरेकोले अबको लक्ष्य विकासमात्रै भएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने,‘तीन तहमा भएका निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गरेको छ। अब हाम्रो साझा गन्तव्य सुशासन र समृद्धिमार्फ सम्मुनत नेपाल निर्माण गर्ने हो। संक्रमणकाल देखाएर जिम्मेवारीबाट भाग्ने छुट छैन।’

तीन तहका सरकारबीचको समन्वय र सहकार्यविना यो लक्ष्य पूरा नहुने उनको भनाइ छ।

‘हामीले निकै लामो समय राजनीतिक संक्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीन तहमा भएका निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र समृद्धिमार्फत समुन्नत नेपाल निर्माण हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभइ यो लक्ष्य पूरा हुनसक्दैन। संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारसूची स्पष्ट गरेको छ। उपलब्ध साधानस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ हामी सबैले प्रयत्न गर्नुपर्दछ,’ प्रचण्डले भने।

सरकार आउने जाने भइरहने भए पनि व्यवस्था संस्थागत भइसकेको र राजनीतिक संक्रमणको अन्त्य भइसकेकाले अब पनि यसको नामा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको उनले बताए।

 

Tags: