post-slider post-slider

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

Image
A A

काठमाडौं- भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ।

दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए। पिकअप अनियन्त्रित भई खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ।

उक्त दुर्घटनामा १५ मजदुरको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको अस्पतालमा मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
 

Tags: