post-slider post-slider

मिजोरममा रेमल आँधीका कारण २७ जनाको मृत्यु

Image
A A

काठमाडौं- भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ।

मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो।

मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले भनेको छ, 'चक्रवात रेमबाट सुरू भएको आइजवलमा पहिरोमा २७ जनाको मृत्यु भएको छ।'

पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ।

मिजोरम सिएमले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको र पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ। चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ।

Tags: