post-slider post-slider

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर : ट्रेड युनियन कांग्रेस

Image
A A

काठमाडौं- नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

लामो समयदेखि श्रमिकको न्यूनमत पारिश्रमिक वृद्धि नभएको भन्दै ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको हो।

ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट वृद्धि गरेर २५ हजार निर्धारण गर्न माग गरेको छ।

प्रदर्शनमा सहभागीहरूले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर, स्थानीय तहमा श्रमिकहरूको पञ्जीकरण गर, श्रम आयोगको गठन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले पारिश्रमिकको पीडित भएको र श्रमिकको चुल्हो बल्न नसकेकोले न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताए।

आफूहरूले अघि सारेको माग पूरा नभए कडा आन्दोलन गर्ने ट्रेड युनियन कांग्रेसले चेतावनी दिएको छ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग राख्दै ट्रेड युनियन कांग्रेसका जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।

 

Tags: