post-slider post-slider

राष्ट्रिय सभा अध्यक्षमा प्रधानमन्त्री प्रचण्डका भाइ निर्वाचित

Image
A A

काठमाडौं, फागुन २९ - राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो। 

उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो।

मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको थियो।

उनी २०१२ फागुन १२ गते कास्कीमा जन्मेका थिए। उनको परिवार चितवनमा २०१९ सालमा बसाइँ सरेर आएको हो।

२०३० सालमा एसएलसी पास गरेका उनले २०३६ सालमा सानोठिमी भक्तपुरबाट स्नातक गरेका थिए।

२०२७ सालबाट राजनीतिमा होमिएका उनी २०६३ सालको अन्तरिम व्यवस्थापिका संसद सदस्य थिए।

उनी २०६४-२०६९ सम्म संविधानसभा सदस्य भएका थिए।

२०२७ साल चैत २५ गते उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य भएका थिए।

 

Tags: