post-slider post-slider

इजरायल–हमास युद्ध : १८ हजारबढी प्यालिस्टिनीको मृत्यु

Image
A A

काठमाडौं- इजरायलले गाजा क्षेत्रमा जारी राखेको हमलामा परी अहिलेसम्म १८ हजार बढी प्यालिस्टिनी नागरिकको मृत्यु भएको छ।

हमासको स्वास्थ्य विभागले ७ अक्टोबरदेखि सुरू भएको इजरायलसँगको युद्धमा १८ हजार २०५ प्यालिस्टिनीको मृत्यु भएको जनाएको हो।

त्यस्तै इजरायली हमलामा अहिलेसम्म ४९ हजार ६०५ जना घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ।

गाजाको दोस्रो सबैभन्दा ठूलो सहर खान युनिसमा इजरायली ट्यांक प्रवेश गरेपछि निरन्तर हमला जारी रहेको छ।

यी ट्यांकहरू खान युनिस सहरभित्र प्रवेश गरिरहेको छ।

इजरायली ट्यांकहरू खान युनिस सहरको पूर्वी हिस्सामा प्रवेश गरिरहेको बताइएको छ।

यो ठूला भवन, पसल र बाक्लो जनसंख्या भएको क्षेत्र हो।

इजरायली सेनाले पर्चा छरेर खान युनिसका बासिन्दाहरूलाई अल–मवासी नामक क्षेत्रमा जान भनेको छ।

स्थानान्तरणका लागि भनिएको अल–मवासी क्षत्र भने साँघुरोका साथै आधारभूत असुविधा भएको क्षेत्र रहेको बताइएको छ।

 

Tags: