post-slider post-slider

२३ दिनदेखि आन्दोलनरत मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

Image
A A

काठमाडौँ - सरकारले आन्दोलनरत मिटरब्याजपीडितलाई वार्तामा बोलाएको छ।

२३ दिनदेखि काठमाडौँमा विभिन्न जिल्लाबाट हिँडेर आएर आन्दोलनमा बसेका उनीहरूलाई गृह मन्त्रालयले आज वार्तामा आउन आग्रह गरेको हो। 

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो। 

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको भनिएको छ। ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ’, पत्रमा भनिएको छ, ‘बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुनुहोला।’

Tags: