post-slider post-slider

काठमाडौंका केही स्थानमा छिटपुट वर्षा

Image
A A

काठमाडौंं- काठमाडौंका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ।

मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको गोङ्गबु, चाबहिल, बालाजु र महाराजगञ्जलगायतका स्थानमा छिटपुट वर्षा भएको हो।

महाशाखाका मौसमविद प्रतिभा मानन्धरका अनुसार छिटपुट वर्षा भए पनि तत्काल ठूलो पानी पार्ने प्रणाली आउने सम्भावना भने देखिएको छैन।

अहिले पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा भएको उनले बताए।

काठमाडौंमा अन्य दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ।

काठमाडौं उपत्यकाबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ।

मनाङ, सोलुखुम्बु, हुम्लालगायतका हिमाली क्षेत्रमा हिमपात भएको हो। यी क्षेत्रमा बिहीबार पनि हिमपातको सम्भावना रहेको छ।

बिहीबार पनि पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लाग्नेछ।

 

Tags: