post-slider post-slider

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

Image
A A

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। 

शुक्रबार मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो।  त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो।  

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
 

Tags: