post-slider post-slider

सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्बको ऋण सम्झौता

Image
A A

काठमाडौं- नेपाल सरकार एसियाली विकास बैंक (एडिबी) बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब रूपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतमा हस्ताक्षर भएको छ।

मंगलबार अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एडिबी नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडिबीबाट भएको अतिरिक्त लगानी हो।

कुल ३२४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ।

प्रदेस सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र संघीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्पकरले बताए।

‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सवलीकरणसँगै यो परियोजनाले संघीयता कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ,’ पुष्पकरले भने,‘बाढीपहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ। यो परियोजनाले त्यस्ता समस्या समाधानमा भूमिका खेल्नेछ।’

एडिबीका देशीय निर्देशक काओसिसले विभिन्न पाँच प्रदेसमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए।

सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत गरिनेछन्।

 

Tags: