post-slider post-slider

थाइल्यान्डका प्रधानमन्त्रीले गरे राजनीतिक सन्यासको घोषणा

Image
A A

काठमाडौं- थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओचाले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रयुत चान-ओचाले राजनीतिबाट संन्यास लिने घोषणा गर्दै नयाँ सरकार नबनुन्जेल कामचलाउ सरकारको नेतृत्व गर्ने जनाएका हुन्।

थाइल्यान्डमा सेनाले ‘कु’ गरेयताको ९ वर्ष उनले शासन गरेका थिए। सैन्य संगठनको सहयोग रहेको उनको युनाइटेड थाई नेसन पार्टीले गत मे १४ मा भएको चुनावमा हार व्यहोरेको थियो।

उनको पार्टीले संसद्को ५ सय सिटमध्ये जम्मा ३६ सिटमा जित हासिल गरेको थियो। उक्त चुनावमा नयाँ पार्टी मुभ फरवार्डले सबैभन्दा धेरै सिट जितेको थियो। एक दशकयता सेनाको समर्थनप्राप्त पुराना दलहरूले थाइल्यान्डमा शासन गर्दै आएका थिए।

ती पार्टीलाई यस पटक निर्वाचनमा जनताले शासनका लागि अयोग्य ठहर गरेका थिए। यसअघि भएका निर्वाचनमा पनि थाई जनताले सेनाको विपक्षमा रहेका दललाई मत दिँदै आएका थिए। तर, सेनाले सरकार गठनमा हस्तक्षेप गर्दा जनमतप्राप्त दल जहिल्यै बाहिर बस्नुपरेको थियो।

 

Tags: