post-slider post-slider

नेपालगन्जमा सडक विवाद: स्थानीय तह र सरकारी कार्यालय फरक बाटोमा

Image
A A

काठमाडौं- नेपाल-भारत सीमाना जमुनाहदेखि नेपालगञ्ज–कोहलपुर सडक खण्डअन्तरगत अतिक्रमित सडक खाली गराउन बिहीबार ३५ दिने सूचना जारी गरेपछि नेपालगन्जमा रहेको पुरानो सडक विवाद फेरि बल्झिने भएको छ।

२०७८ सालको स्थानीय चुनाव ताका नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्दा सडक अतिक्रमण हटाउने काम रोकिएको थियो। त्यही निर्णयलाई आधार बनाएर सड डिभिजनले आफ्नो काम गर्न सकेको थिएन।

चुनाव ताका आफू अनुकूल मत नआउन सक्ने अनुमानका भरमा अतिक्रमित सडक खाली गराउने काम नेपालगन्ज उपमहानगरपालिकाले रोकेको थियो।

२०६९ असोज ४ मा मन्त्रिपरिषद् बैठकले अतिक्रमण तथा कब्जा गर्नेलाई संरक्षण दिने आशय सहित २५ मिटरभित्र निर्माण गरिएका संरचना मात्र भत्काउन निर्णय गरिदियो। 

बाँकेको कोहलपुर देखि जमुनाहसम्म ७ सय ४९ स्थानमा सडक क्षेत्रफल मिचिएको तथ्यांक संकलन गरेको छ। सडक ऐन अनुसार सडक क्षेत्रफल मेजरमेन्टमा ७ सय ४९ ठाउँमा विभिन्न खालका संरचना बनेको सडक विभागको तथ्यांक छ। सडक डिभिजन कार्यालय नेपालगन्जले गरेको सर्भेमा १४ वटा सरकारी कार्यालयले सडक क्षेत्रफल मिचेर पक्की संरचना बनाएको जनाईएको छ।

नेपालगन्जदेखि वीरेन्द्रनगरसम्मको सडकको नामाकरण २०५० सालमा मन्त्रिपरिषद बैठकले रत्न राजमार्गको नामकरण गरेको थियो।

सार्वजनिक सडक ऐन–०३१ अनुरुप वर्गीकरण गरी निर्माण तथा यातायात मन्त्रालयले ०३४ साल असार २० गते ‘क’ वर्गको राजमार्गका रूपमा चल्दै आएको राजमार्ग हो।

सडक डिभिजन कार्यालय नेपालगन्ज सँगको सर्भे रिपोर्टमा सरकारी कार्यालयसहित थप ३५ वटा संघ, संस्था, ५ वटा धार्मिक क्षेत्रले सडक क्षेत्रफल नाछाडेर नै संरचना देखिन्छ।

अख्तियार दुरपयोग अनुसन्धान, आन्तरिक राजश्व, खाद्य तथा व्यापार कम्पनी, कर्णाली प्रदेश प्रहरी, संघीय प्रहरी इकाइ सहितका सरकारी कार्यालयले पनि सडक क्षेत्रफल अतिक्रमित गरेका छन्। 

अतिक्रमित सडक खाली गराउन सार्वजनिक सूचना जारी जारी गर्दै सडक डिभिजनले सरकारी तथा संघ संस्थालाई पनि जानकारी गराएको छ।

स्थानीयवासीले सुर्खेतरोड भनेर चिन्ने उक्त सडक बिस्तारका क्रममा बिल्डअप एरियामा २१ मिटरमा रहेका संरचना समेत भत्काइएका छैनन्। अतिक्रमित सडक क्षेत्रफल खाली गराउन सडक डिभिजनले ताकेता गरेपछी नेपालगन्जमा पुरानो विवाद बल्झिने देखिएको छ।

सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ अनुसार २०३४ असार २० मा प्रकाशित राजपत्रमा रत्न राजमार्गअन्तर्गत जमुनाहदेखि कोहलपुरसम्मको २३ किलोमिटर सडक ३१ मिटर चौडा बनाइने उल्लेख छ।

स्मरण रहोस: सडक डिभिजन कार्यालय नेपालगन्जले २०७८ पुस २१ गते सडक ऐन २०३१ बमोजिम सडक क्षेत्रफल सडकको दायाँबायाँ २५-२५ मिटर सडक क्षेत्रफल खाली गर्न सूचना नै जारी गरेको थियो।

Tags: