post-slider post-slider

१ करोड ८५ लाख मूल्य बराबरको सुन बरामद

Image
A A

काठमाडौं- सशस्त्र प्रहरी बल नेपाल बिओपि  बयरघाट रुपन्देहीले दुई किलो सुन बरामद गरेको छ । 

गए राति साढे ९ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालकसहित एक किलो ९६७ दशमलव ३ ग्राम सुन बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी दीपक थापाले जानकारी दिए।

उनका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको  बा १२ च ३८२० नं को मारुती सुजुकी कार र चालकलाई  विशेष सुचनाको आधारमा नियन्त्रणमा र्लिइ चेकजाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर ईट्टा आकारको २ थान सुन फेला परेको हो। 

कार चालक दाङको घोराही नगरपालिका १० का हुमानन्द गिरीर्लाई प्रहरीले नियन्त्रणमा लिइ भैरहवा भन्सार कार्यालयमा बुझाएको छ। नियन्त्रणमा लिइएको सुनको मूल्य रु १ करोड ८५लाख ६५ हजार ३५५ र गाडिको १५ लाख रुपैयाँ मूल्याङ्कन गरी  भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

 

Tags: