post-slider post-slider

हमास युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार सक्रिय

Image
A A

इजरायल- हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकिन गर्न र उनीहरूको उद्दार गर्नका लागि शनिबारदेखि नै सरकार निरन्तर लागि रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए।

परराष्ट्रमन्त्री एनपि साउदको संयोजनमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास/नियोग सहभागी एक र्‍यापिड एक्सन टिम गठन गरिएको छ।

Tags: