post-slider post-slider

कोसीमा सांसदहरूको सनाखत सुरू

Image
A A

काठमाडौं- कोसी प्रदेसमा मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूको सनाखत सुरू भएको छ।

प्रदेस प्रमुखको कार्यालयमा सांसदहरूको सनाखत सुरू भएको हो। 

सनाखतका लागि दिउँसो २ बजेसम्मको समय दिइएको छ।

अहिले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्की समूहको सनाखत हुँदैछ।

मुख्यमन्त्रीमा कार्कीलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदले समर्थन गरेका छन्।

त्यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए।

आङ्बोले विद्रोह गरेका कांग्रेसका ८ सांसदलाई पनि जोडेका छन्। 

कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर प्रयोग भएपछि प्रदेस प्रमुखले भौतिक उपस्थिति गराएर सनाखत गराउन लगाएका हुन्।

अहिलेकै अवस्थामा कुनै हेरफेर नभए कांग्रेसका कार्की कोसी प्रदेसको मुख्यमन्त्री नियुक्त हुने लगभग पक्का देखिन्छ।

९३ सदस्यीय कोसी प्रदेसमा बहुमत पु¥याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ।

 

Tags: