post-slider post-slider

गौर हत्याकाण्डको उच्चस्तरीय संसदीय छानबिन गर्न जसपाको माग

Image
A A

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डको संसदीय छानबिन गर्न माग गरेको छ। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जसपाले पीडितसँग सम्झौता गरेर सरकारले फसाउन खोजेको आरोपसमेत लगाउँदै जसपाले गौर हत्याकाण्डको संसदीय छानबिन गर्न माग गरेको हो।

पार्टी प्रवक्ता मनिष सुमनले पीडितसँग भएका सम्झौताका कतिपय बुँदामा आपत्ति रहेको भन्दै खेद प्रकणसमेत गरेका छन्। गौर घटनाको १७ वर्षपछि सरकारले पीडित पक्षसँग सम्झौता गर्नु रहस्यपूर्ण भएको उनले बताएका हुन्।

घटनाका बेला काठमाडौंमा रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। 

‘रौतहटको गौरमा फोरमका कार्यकर्तालाई माओवादी छापामारले वाइसिएलको ड्रेसमा आक्रमण गरे, त्यसपछी कार्यक्रममा आएका जनताले प्रतिकार गर्दा गरेर दुःखद घटना भयो,’ पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनीषकुमार सुमनले भने।

१७ वर्षअघि भएको घटनामा अहिले किन सम्झौता गरियो भन्दै उनले सरकारप्रति नै संशय प्रकट गरे। उनले विगतमा भएका प्रतिवेदनहरू सार्वजनिक गर्न मागसमेत गरे। 'विभिन्न प्रतिवदेनमा पनि फोरमको शान्तिपूर्ण सभालाई माओवादी बिथोलेको उल्लेख छ। त्यति हुँदाहुँदै १७ वर्षपछि सरकारले किन सम्झौता गर्‍यो। विगतका प्रतिवदेनहरू सार्वजनिक गरियोस्। संसदीय छानबिन गरी घटनाको सत्य तथ्य पत्ता लगाइयोस्,' प्रवक्ता सुमनले भने।

रौतहटको गौरमा २०६३ चैत ७ गते भएको उक्त घटनामा माओवादीको संलग्नता रहेको उनको भनाइ छ। उनले तत्कालीन माओवादी नेता प्रभु साहको हठले उक्त घटना घटेको बताए। 

Tags: