post-slider post-slider

गोदावरीमा आगलागी हुँदा एक जनाको मृत्यु

Image
A A

ललितपुर, माघ  २६ - ललितपुर गोदावरीमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका-११ बुलुपार्क बस्ने ६५ वर्षीय कान्छा महर्जन रहेका छन्। टहरोमा बिहीबार राति आगलागी हुँदा आगोले महर्जनको जलेर मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Tags: