post-slider post-slider

नक्कली भुटानी शरणार्थी प्रकरण : शुक्रबार थुनछेक आदेश आउने

Image
A A

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा शुक्रबार आदेश आउने भएको छ। जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि शुक्रबार अपराह्नसम्म आदेश दिने भएको हो।

अदालतको आदेशपछि यो प्रकरणमा मुछिएर पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा जाने वा तारेख वा धरौटीमा रिहा हुने भन्ने निक्र्यौल लाग्नेछ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार यो प्रकरणमा पक्राउ परेका १८ जना आरोपितका विषयमा थुनछेक आदेश गर्ने बताइएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानुन व्यवसायीको बहस सकिएको छ।

न्यायाधी न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरुको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्ने भएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बसह चलिरहेको छ। बुधबारसम्म आदेश गर्ने तयारी गरिए पनि आरोपितहरुका तर्फबाट कानुन व्यवसायी बढी भएपछि बहस लम्बिएको थियो।

आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले आदेश गर्न सक्नेछ। थुनछेक बहसको आदेशपछि अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्नेछ।

थुनछेक आदेशमा जिल्ला अदालतबाट आउने आदेशमाथि चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन्।

यो प्रकरणमा सरकारी वकिल कार्यालयले १२ जना फरार रहेको उल्लेख गरेको छ। उनीहरु अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुनेछ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुलेर ठगीलगायतका अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय मुद्दा दायर गरेको छ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, पूर्वउपप्रधानन्त्री रायमाझीका छोरा सन्दीपलगायत १८ जना पक्राउ परेका छन्।

पक्राउ परेका सबै जना हाल प्रहरी हिरासतमा छन्।

 

Tags: