post-slider post-slider

अख्तियारका पूर्वआयुक्त बस्न्यातविरूद्ध पक्राउ पूर्जी

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त दीप बस्न्यातविरूद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ।

जिल्ला अदालत काठमाडौंले बस्न्यतालाई पक्राउ गर्न प्रहरीको केन्द्रीइ अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गर्न बस्न्यातले पनि सरकारी कागज लिखत कीर्ते गरेको आरोप छ।

भूमिसुधार मन्त्रालयको सचिव छँदा उनले ललिता निवाससम्बन्धी पत्राचार र निर्णय गरेका थिए।

लिखत कीर्ते गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित चार जनालाई सिआइबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

बस्न्यातविरूद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सर्वोच्च अदालतको आदेशले उनी ५ लाख धरौटीमा रिहा भएका थिए।

ललिता निवास प्रकरणमा अदालतबाट ४०६ जनाविरूद्ध पक्राउ अनुमति जारी भएको छ। जसमध्ये १७ जनाले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका छन्।

 

Tags: