post-slider post-slider

प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवनस्थित खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

चितवन राष्ट्रि निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टारव निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इन्जिनियर राजेश कोइराला र सवइन्जिनियर सुमन श्रेष्ठविरूघ ३५ लाख ५९ हजार ७३५ रूपैयाँ बराबरको बिगो दाबी गरेको छ।

त्यस्तै तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरूद्ध पनि अख्तियारले समान बिगो दाबी गरेको छ।

वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरूङविरूद्ध १ करोड १९ लाख ५ हजार ६०३, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरूद्ध ८९ लाख २ हजार ६६५ रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्जवल बर्तौलाविरूद्ध १३ लाख ३१ हजार २१७ बराबरको बिगो दाबी गरिएको अख्तियारले जनाएको छ।

त्यस्तै अख्तियारले बुढी राप्ती उपभोक्ता समितिका तत्कालीन अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरूद्ध ७८ हजार र कंङ्क्रिट मचान उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डाकुमारी दाहाल र सचिव कल्याण लटौलाविरूद्ध ३५ लाख ५० हजार ९५२ रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

 

Tags: