post-slider post-slider

सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

Image
A A

काठमाडौं- उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले काठमाडौं महानगरको यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

कानुनबमोजिम सञ्चालन भइरहेको उद्योग व्यवसायमा प्रतिकुल असर परी अपूरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको आदेशमा भनिएको छ।

‘निवेदकले रीतपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौं महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवं काठमाडौं महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकको बिक्री वितरणसमेत पूर्ण प्रतिबन्ध लगाएको छ, भन्ने सूचनाले निवेदकले कानुनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकुल असर परी अपूरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको छ,’ आदेशमा भनिएको छ।

काठमाडौं महानगरले यही मंसिर २७ गतेदेखि प्लास्टिक प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो।

महानगरको यो निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको थियो।

Tags: