post-slider post-slider

काठमाडौंमा भूकम्पको धक्का

Image
A A

काठमाडौं- काठमाडौंमा धक्का महसुस भएको छ। 

गएराति करिब १ बजेर १९ मिनेटमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्प गएपछि निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका थिए।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 

Tags: