post-slider post-slider

विश्वकप क्रिकेटका लागि पाकिस्तानले घोषणा गर्‍यो टिम

Image
A A

काठमाडौं- पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेटका लागि टिमको घोषणा गरेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का मुख्य चयनकर्ता एवं पूर्वकप्तान इन्जमाम–उल–हकले शुक्रबार १५ सदस्यी विश्वकप क्रिकेट टिमको घोषणा गरेका हुन्।

विश्वकप क्रिकेट–२०२३ आगामी अक्टुबर ५ देखि भारतमा सुरू हुँदैछ।

बाबर आजमको नेतृत्वमा घोषणा गरिएको पाकिस्तान टिमको उपकप्तान सोहेब खानलाई बनाइएको छ।

तीव्र गतिका बलर नसिम खान विश्वकप क्रिकेटबाट बाहिरिएका छन्। चोटका कारण उनले टिममा स्थान पाउन नसकेका हुन्।

उनको स्थानमा अली हसनलाई स्थान दिइएको छ। हसनले साहीनशाह अफ्रिदी र हरिस राउफलाई तीब्र बलिङमा सघाउने छन्।

त्यस्तै बलिङतर्फ उस्मा मीर र मोहम्मद वासीम (जुनियर) ले विश्वकप खेल्ने मौका पाएका छन्।

टेस्ट म्याच स्पेसलिस्ट साउद सकील र ओपनर अब्दुल्लाह सफिकलाई टिममा सामेल गरिएको छ।

पाकिस्तान टिम : बाबर आजम (कप्तान), सहदाब खान (उपकप्तान), अब्दुल्लाह साफिक, फकर जमान, हरिस राउफ, हसन अली, इफ्तिकार अहमद, इमाम–उल–हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), महोम्मद वासिम (जुनियर), सलमान अली अगा, साउद सकिल, साहीनशाह अफ्रिदी र उस्मा मीर।

 

Tags: