post-slider post-slider

गठबन्धन फेरिन पनि सक्छ : गगन थापा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चित्त नबुझे गठबन्धन फेरिनसक्ने बताएका छन्।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे नयाँ गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्।

उनले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा नभएको बताए।

‘हामी अहिले एउटा गठबन्धनमा छौं, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ, भइराख्छ,’ उनले भने।

महामन्त्री थापाले केही कम्युनिस्ट पार्टीहरूले मिलेर बनाएको मोर्चाले कांग्रेसलाई फरक नपर्ने उल्लेख गरे।

‘केही कम्युनिस्ट पार्टीहरू मिलेर समाजवादी मोर्चा बनाएका छन्, त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक पर्दैन,’ उनले भने।

सरकार छोड्नुपर्छ भन्ने डरले चुनावअघि नै कांग्रेसले गठबन्धन बनाउनु गलत भएको उनको भनाइ छ।

सरकार छोड्न परे पनि नडराइकन एक्ला एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने थापाको भनाइ छ।

 

Tags: