post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्डलाई भेट्न विदेशमन्त्री जयशंकर बालुवाटार पुगेका थिए।

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि उनको होटल याक एन्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तापछि विदेशमन्त्री जयशंकर परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुनेछन्।

उनको आजै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्याक्रम रहेको छ।

 

Tags: