post-slider post-slider

रौतहटमा बसको ठक्करबाट एकको मृत्यु

Image
A A

काठमाडौं- रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय बोधनाथ पौडेल रहेका छन्।

सर्लाहीबाट चितवन जाँदै गरेको बा ३ ख ३४५५ नम्बरको बसले चन्द्रनिगाहपुरको जगत पेट्रोलपम्प नजिकै ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो।

मर्निङवाकमा निस्किएका पौडेललाई बसले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए।

ठक्कर दिने बस र चालक चन्द्रपुर नगरपालिका–४ का विजय राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: