post-slider post-slider

काठमाडौंमा बढ्न थाल्यो चहलपहल

Image
A A

काठमाडौं- केही दिनदेखि सुनसान रहेको काठमाडौंमा चहलपहल बढेको छ।

दसैं मनाउन गाउँ गएकाहरू फर्किन थालेपछि काठमाडौंमा शुक्रबारदेखि चहलपहल बढ्न थालेको हो।

काठमाडौं उपत्यकाबाहिर गएकाहरू बिस्तारै फर्कने क्रम सुरू भएको छ। बिहीबारसम्म सुनसान रहेका काठमाडौंका सडकहरूमा शुक्रबार गाडीको चाप पनि बढ्दै गएको छ।

कर्मथलो फर्कनेहरूको संख्या बढ्न थालेपछि काठमाडौं भित्रिने नाकामा गाडीहरूको भीड देखिन थालिएको छ।

उपत्यका प्रवेश गर्ने कलंकी, थानकोट, भक्तपुर, दक्षिणकालीलगायतका नाकामा सवारी साधानको लाम सुरू भएको छ।

दसैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान भए पनि बिस्तारै गाउँ गएकाहरू उपत्यका फर्किने क्रम बढेको छ।

भक्तपुर नाकाबाट काठमाडौं भित्रिने गाडीको काभ्रेको भकुन्डेबेंसीदेखि लाम रहेको बताइएको छ।

काठमाडौं बाहिरिएकाहरू फर्किन थालेपछि शुक्रबार पछिल्लो तीन दिनको तुलनामा शुक्रबारदेखि गाडीहरू बढी गुडेका छन्।

दसैं अवधिभर बन्द भएका सरकारी कार्यालयहरू शुक्ररबारदेखि सञ्चालनमा आएकोले पनि सडकमा यातायातको संख्या बढेको हो।

दसैंका बेला बन्द रहेका पसलहरू पनि बिस्तारै खुल्न थालेका छन्।

 

Tags: