post-slider post-slider

त्रिकोणात्मक श्रृंखला : नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

Image
A A

काठमाडौं- त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले युएईसामु १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि मैदानमा जारी श्रृंखलामा ओपनर कुशल भुर्तेलको अर्धशतकीय इनिङको मदतले नेपालले युएईलाई यो लक्ष्य दिएको हो।

टस हारेर ब्याटिङका लागि निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो।

भुर्तेलले ५० रन बनाए। २९ बलको सामना गरेका उनले ६ चौका र तीन छक्का प्रहार गरे।

टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो छैटौंं अर्धशतक हो।

युएईविरूद्धको अन्तिम खेलमा भुर्तेलबाहेक नेपालका अरू ब्याटरहरूले उल्लखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रनको योगदान दिए।

नेपाल र युएईसँग हङकङ सहभागी श्रृंखलामा नेपालले लिग चरणमा सबै खेल जितेर फाइनलसम्मको यात्रा तय गरेको हो।

युएई चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो।

युएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा युएई फाइनलमा पुगेको हो।

 

Tags: