post-slider post-slider

यी हुन् निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० कर्मचारी

Image
A A

काठमाडौं- निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरिएको छ।

उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने भएको हो। 

एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने भेटाएन।

बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। 

आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ।

दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ।

यी हुन् पुरस्कृत हुने कर्मचारी

 

Tags: