post-slider post-slider

फेरि बढ्यो इन्धनको मूल्य, डिजेलमा १४ रूपैयाँ वृद्धि

Image
A A


काठमाडौं- नेपाल आयल निगमले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ।

मंगलबार राति बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यवृद्धि गरेको हो।

डिजल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोलमा ५ रुपैयाँ वृद्धि भएको निगम स्रोतले जनाएको छ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ र डिजेल तथा मट्टितेलको १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

 

Tags: