post-slider post-slider

उपप्राध्यापाक चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर

Image
A A

काठमाडौं- जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरूलाई सजाय सुनाएको छ।

जिल्ला अदालत काठमाडौंले बिहीबार उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरूलाई २ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना तोकेको हो।

न्यायाधीश विनोद खतिवडाको इजलासले मुद्दाका प्रतिवादीहरू हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ को उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको हो।

उनीहरूविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो।

अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ।

यो घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझालाई अदालतले सफाइ दिएको छ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ असोजमा नेविसंघका तत्कालीन इकाइ सभापति आचार्य, सचिव रावलगायतको समूहले त्रिवि परिसरभित्रै कुटपिट गरेको थियो।

उनीहरूलाई कारबाहीको माग गर्दै चलाउने संघर्ष गर्दै आइरहेका थिए।

 

Tags: