post-slider post-slider

भारतमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजीका लागि परराष्ट्र मन्त्रीको भारतीय पक्षसँग आग्रह

Image
A A

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पर्ने रुप्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन्।

उनले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन्। रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता भएका छन्। 

भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली रहेका छन्। मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैबाट बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको बताएका छन्।

धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरूको खोजिका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताए। यसअघि परराष्ट्रमन्त्री साउदले शुक्रबार नै दिल्लीस्थित नेपाली राजदूताबासलाई भारत सरकारसँग समन्वय गरेर रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।

Tags: