post-slider post-slider

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

Image
A A

बुटवल- जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ।

जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजीनामा दिएका छ हुन्।

गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए। जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो। सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन्। मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिँदा ४८ मत पाएका थिए।

जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ।
 

Tags: