post-slider post-slider

सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा जुटेन सहमति

Image
A A

काठमाडौं, फागुन ७ - कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ। 

महासमिति बैठक सुरू हुनुअघि सोमबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको हो। 

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्नेसहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन भनेका थिए। तर, महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएको हो।  

सभापति देउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका हुन्।

तर, महामन्त्री थापाले नहटाउने अडान यथावत राखेका थिए। जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको थियो। 

सोमबारबाट गोदावरीमा पार्टीको महासमितिको बैठक सुरू हुँदैछ। यसअघि सभापति देउवाले गठबन्धन कायम राख्नुपर्ने एजेण्डालाई पार्टीभित्रबाट अनुमोदन गराउने प्रयास गरेका थिए। 

बैठक महासमिति बैठक सुरू भएपछि पुन: बस्ने बताइएको छ। 

 

Tags: