post-slider post-slider

‘समुदायमा कांग्रेस’ अभियानका लागि खटाइए केन्द्रीय नेता, को कहाँ?

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय नेताहरूलाई प्रदेसगत रूपमा खटाएको छ।

समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी केन्द्रीय तहका नेतालाई जिम्मेवारी तोकिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार नेताहरूलाई फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रदेसगत रूपमा जिम्मेवारी दिइएको छ।

अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा टोली खटाइएको टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेसले तोकेका पदाधिकारीहरू पनि सहभागी हुने बताइएको छ।

कोसी प्रदेस

डा.शेखर कोइराला– झापा र सुनसरी

नारायण खड्का– संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा

बलहादुर केसी – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर

मधेस प्रदेस र वागमती प्रदेसका ४ जिल्ला

प्रकाशमान सिंह– मधेस प्रदेसको महोत्तरी, सिरहा, सप्तरी र धनुषा

बागमतीको सिन्धुली र मकवानपुर

महालक्ष्मी उपाध्याय ‘डिना’– बारा, पर्सा, रौतहट र सर्लाही। बागमतीको धादिङ र चितवन।

बागमती प्रदेस

मिनेन्द्र रिजाल – काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा

पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा।

गण्डकी प्रदेस

महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर

प्रदीप पौडेल– कास्की, स्याङ्जा, म्याग्दी र बाग्लुङ

लुम्बिनी प्रदेस

विमलेन्द्र निधि – रूपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा

डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रूकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेस

शशांक कोइराला– दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेस

भिष्मराज आङदेम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर।

 

Tags: