post-slider post-slider

टिकटको मूल्य घटाए पनि ‘आदिपुरुष’ ले भारतमा तान्न सकेन दर्शक

Image
A A

काठमाडौं- टिकटको दर लागातार दुईपटक गरे पनि फिल्म ‘आदिपुरुष’ ले भारतमा दर्शकलाई सिनेमा हलसम्म तान्न सफल भएको छैन।

कमाइमा कमी भएको देखिएपछि ‘आदिपुरुष’ फिल्म हेर्ने दर्शकका लागि टिकटको दर घटाइएको छ। 

तर, बक्स अफिसमा यसको खासै असर देख्न सकिएको छैन।

रिलिज भएको दोस्रो सप्ताहमा यो फिल्मले भारतमा जम्मा १४ करोडमात्रै कमाउन सकेको छ।

फिल्महरूको कमाइसम्बन्धी तथ्यांक राख्ने वेबसाइट ‘सैकनिल्क’ ले जनाएअनुसार आइतबार यो फिल्मले जम्मा ६ करोडको व्यापार गरेको छ।

जबकि ओम राउतले निर्देशन गरेको ‘आदिपुरुष’ ले रिलिज भएको पहिलो दिन नै हिन्दी सिनेमामा सबैभन्दा बढी कमाइ गरेको कीर्तिमान कायम गरेको थियो।

रिलिज भएको पहिलो साता यो फिल्मले ठूलो सफलता हासिल गरेको थियो। र, हिन्दी भाषामा मात्रै ११३ करोड रूपैयाँ आम्दानी गरेको थियो।

शानदार सुरूवातपछि ‘आदिपुरुष’ को आम्दानी क्रमशः घट्दै गाएको छ।

फिल्ममा समावेश गरिएका कतिपय संवादहरूका कारण ‘आदिपुरुष’ विवादमा मुछिएको छ। विवादित संवादको प्रत्यक्ष असर फिल्मको कमाइमा परेको सिने विश्लेषकहरूको छ।

विवादमा मुछिएपछि फिल्मका केही संवाद परिवर्तन गरिए पनि त्यसले दर्शकहरूलाई सिनेमा हलसम्म तान्न सकेको छैन।

फिल्मका संवाद लेखक मनोज मुन्तशिर हुन्।

 

Tags: