post-slider post-slider

माओवादीको विधान सम्मेलन फागुनमा

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता हुने भएको छ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले फागुन १ गतेदेखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको हो।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकले राष्ट्रियसभा निर्वाचनको तयारीका लागि पार्टीको तर्फबाट समन्वय समिति बनाएको छ।

पार्टी प्रवक्ता सापकोटाका अनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ को नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ।

त्यस्तै पार्टी स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बोलाउने निर्णय पनि बैठकले गरेको छ।

 माओवादी केन्द्रले पार्टीको हालै सम्पन्न पार्टीको विशेष रुपान्तरण अभियानले पार्टीका नेता, कार्यकर्ताको मुल्यांकनको वस्तुवादी आधार तयार पारेको प्रारम्भिक विश्लेषण गर्दै त्यसको विस्तृत छलफल आगामी माघ २६ गते बोलाइएको स्थायी कमिटी बैठकमा गर्ने निर्णय पनि गरेको छ।

 

Tags: