post-slider post-slider

विधेयक ल्याउँदा विचौलिया हावी भए भन्न मिल्दैन : धनराज गुरुङ

Image
A A

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाले निष्ठाको राजनीति गरिरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले विधेयक ल्याउँदा विचौलिया हाबी भएको भन्नु गलत भएको बताए।

‘विचौलिया हाबी भएर विधेयकहरु आयो भन्ने माननीय सदस्यहरुको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। धनराज गुरुङ आजको मितिसम्म कहिँ पनि, कतै पनि चुकेको छैन। भोलिका दिन पनि चुक्दैन। त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो। निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो’ उनले भने।

आफू विगतदेखि नै विचौलियाका विरुद्ध लडेर आएको भन्दै गुरुङले आफ्नो पृष्ठभूमि हेर्न पनि सांसदहरूलाई आग्रह गरेका छन्।

Tags: