post-slider post-slider

अध्यागमनका महानिर्देशक तामाङले ११ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

Image
A A

काठमाडौँ - अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदार सीएमसीलाई डि रेभेनालाई मेलम्ची खानेपानी आयोगजनामा अनुचित ढंगले बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोगमा सहसचिव तामाङलाई भ्रष्टाचारको मुद्दा लागेको हो। 

मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्य रहेका बेला भएको अनियमिततामा अख्तियारले तामाङलाई प्रतिवादी बनाएको हो। उनीविरुद्ध ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैंया बिगो, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ। 

 सीएमसीलाई रकम भुक्तानी गर्ने समयमा तामाङ काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत थिए। 

Tags: